Post Top Ad
Sunday, February 25, 2024
Thursday, September 15, 2022
विद्यालयकाे वृत्तचित्र २०६९ ।। School Documentry 2069
विद्यालयकाे बृत्तचित्र २०६९
भाग १
Monday, June 20, 2022
Sunday, June 12, 2022
विद्यालयमा बालश्रमविरुद्धको दिवस मनाइयो ।
इन्द्रकुमार तामाङ, २९ जेठ २०७९
मेलम्ची-५, सिन्धुकोट :
विश्व बालश्रम विरुद्धको
दिवस को अवशरमा बालश्रमको विश्वव्यापी विस्तार र यसलाई हटाउनका लागि आवश्यक कार्य
र प्रयासहरूमा ध्यान केन्द्रित गर्ने उद्देश्यका साथ आज विश्वभर यो दिवस मनाइएको छ।
यसै अवसरमा आज मेलम्ची न.पा.
वडा नं ५ को आयोजनामा श्री सिन्धुपुरानागाउँ मा.वि.काे प्रांगणमा विश्व बालश्रमविरुद्धको दिवस मनाइएको छ । "बालश्रममुक्त वडा बनाउन विद्यार्थीको
भूमिका" विषयक वडाव्यापी वक्तृत्वकला र निवन्धलेखन
प्रतियोगिता सम्पन्न भएको छ । वक्तृत्वकला प्रतियोगितामा सिन्धुपुरानागाउँ
मा.वि.का छात्राहरू सुमित्रा तामाङ, सुस्मिता तामाङ , संजिता चौलागाइ क्रमश पहिलो, दोस्रो, तेस्रो र कुशल खतिवडाले सान्त्वना
पुरस्कार प्राप्त गर्नु भयो ।
विद्यालय व्यवस्थापन समितिका
अध्यक्ष केशव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मेलम्ची ५ का वडा सदस्य
सुन्तली मिजारको उपस्थितिमा सम्पन्न भएको थियो ।
फाेटाे फिचरः
Friday, April 29, 2022
Friday, February 18, 2022
विदाई कार्यक्रम सम्पन्न ।
२०७८।११।०६
मेलम्ची, सिन्धुपाल्चाेक
सिन्धुकाेट। सिन्धुपुरानागाउँ
माध्यमिक विद्यालयले शिक्षक विदाई कार्यक्रम सम्पन्न गरेको छ । विगत ७ वर्ष देखि
माध्यमिक तहको गणित विषय अध्यापन गर्दै आउनु भएकी शिक्षक श्री शान्ति गजुरेललाई
विदाइ गरेको हो। उहाँ सरूवा भएर काठमाण्डौ जिल्ला, गोकर्णेश्वर न.पा. २ स्थित रहेको
श्री बाल सुधार मावि, नयाँपाटी जान लाग्नु भएको हो ।
कार्यक्रममा
विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले खादामाला तथा अविर लगाई शिक्षक गजुरेलको
सुखद् भविष्यको कामना गरेका थिए । कार्यक्रममा बोल्दै प्रधानाध्यापक कुमारप्रसाद
खतिवडाले निमित्त प्रधानाध्यापक समेत रहनुभएकी शिक्षक शान्ति गजुरेलले विद्यालयमा पुर्याउनु
भएको योगदानको चर्चा गर्दै भविश्यमा पनि विद्यालयलाई ' माइती
घर ' को रूपमा लिनुहुनेछ भन्ने अपेक्षा राख्नुभएको बताउनु
भयो ।
कार्यक्रममा बोल्दै
शिक्षक शान्ति गजुरेलले विद्यालयबाट धेरै कुरा सिकेको, विद्यार्थी तथा विद्यालय
परिवारले माया गर्दा-गर्दै पनि पारिवारिक कारणले पायक पर्ने ठाउँमा सरूवा हुन
लाग्नुभएको बताउनु भयो ।
कार्यक्रममा
विद्यालयका शिक्षक भुपेन्द्र कट्टेलले उहाँको सहयोगको खुलेर प्रशंसा गर्दै विदाइ
मन्तव्य राख्नुभएको थियो । यसैगरी शिक्षक इन्द्रकुमार तामाङले विदाइको क्षण खल्लो
लागेता पनि जीवनमा मिलन विछोड भैरहने र यो
नियमित प्रक्रिया भएको बताउँदै भावि दिनहरू पनि उज्ज्वल तथा रचनात्मक शैक्षिक
जिवनको कामना गर्नु भएको थियो । उक्त कार्यक्रममा विद्यार्थीको तर्फबाट कक्षा ११
मा अध्ययनरत छात्रा रिना लुइटेलले पनि विदाइ मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा विदाइ
हुनुभएका शिक्षक शान्ति गजुरेललाइ उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै विद्यालयका
प्रधानाध्यापक कुमारप्रसाद खतिवडाले कदर
पत्र समेत प्रदान गर्नुभएको थियो ।